पाकिस्तानलाई भारतविरुद्ध जितका लागि अन्तिम १० ओभरमा १ सय ३५ रन आवश्यक देखिएको छ। ४१ ओभरमा २ सय ८९ रनको लक्ष्य पाएको पाकिस्तानले ३१ ओभरभित्र ७ ब्याट्सम्यान गुमाइसकेको छ। उसँग अब ३ विकेट मात्र हातमा छ।
पाकिस्तानका लागि सद्धाव खान १ छक्का प्रहार गरेर १३ रनमा खेलिरहेका छन्। अर्कोतर्फ मोहम्मद अमिर छन्।