८ ओभरपछि न्युजिल्यान्डको पहिलो छक्का, खेल वर्षाले रोकियो


न्युजिल्यान्डले ८ ओभरपछि अस्ट्रेलियाविरुद्ध पहिलो छक्का प्रहार गरेको छ। वर्षाका कारण ९ दशमलव ३ ओभरमा खेल रोकिनु अघि किवीका लागि लुक रोञ्चीले पहिलो छक्का प्रहार गरेका थिए। उनले पेट कुमिन्सले फ्याकेको ८ दशमलव १ ओभरमा अफ साइडमा छक्का प्रहार गरेका थिए।

वर्षाले खेल रोकिनुअघि न्युजिल्यान्डले १ विकेटको क्षतिमा ६७ रन बनाएको छ। रोञ्ची १७ बलमा २४ रन बनाएर खेलिरहेका छन्। यस्तै कप्तान केन विलियम्सनले १६ रन बनाएर रोञ्चीलाई दह्रो साथ दिइरहेका छन्। मार्टिन गुप्टिल आउट भएपछि यी दुवैले २३ बलमा २७ रनको अविजित साझेदारी गरेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.