चौथो एकदिवसीयमै फखरको सतक (भिडियो)


पाकिस्तानका प्रारम्भिक ब्याट्सम्यान फखर जमानले एकदिवसीय क्रिकेटमा पहिलो सतक पुरा गरेका छन्। उनले भारतविरुद्ध हाल ओभलमा भइरहेको च्याम्पियन्स ट्रफीको फाइनलमा चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा सतक बनाएका हुन्।
फखरले ९२ बलमा २ छक्का र १२ चौकाको सहयोगले सतक पुरा गरेका हुन्। उनले अश्विनको बलमा चौका प्रहार गर्दै सतक पुरा गरेका हुन्। यही प्रतियोगिताका लागि पाकिस्तानी टोलीमा समावेश भएका २७ वर्षीय फखर समूह चरणको दोस्रो खेलपछि टोलीमा समावेश भएका थिए। उनले यसअघि श्रीलंकाविरुद्ध ५० र इङ्ल्यान्डविरुद्ध ५७ रन बनाएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.