शाहरुख खान क्रिकेट कमेन्ट्रीमा, भारत–पाक फाइनलको लाइभ कमेन्ट्री गर्दै


बलिउड बादशाह शाहरुख खानले फिल्ममा मात्र होइन, क्रिकेट कमेन्ट्री पनि सुरु गरेका छन्। इन्डियन प्रिमियर लिग(आइपिएल) को कोलकाता नाइटराइडर्स टिमका मालिक समेत रहेका शाहरुख च्याम्पियन्स ट्रफीअन्तर्गत पाकिस्तान र भारतविरुद्धको फाइनल खेलमा कमेन्ट्री गरिरहेका छन्।

उनलाई कमेन्ट्रीमा भारतीय टिमका पूर्व स्टार बीरेन्द्र सहवागले सहयोग गरिरहेका छन्। शाहरुख च्याम्पियन्स ट्रफीको प्रत्यक्ष प्रसारणको अधिकार पाएको स्टार स्पोटर््स च्यानलका लागि कमेन्ट्री गरिरहेका छन्। शाहरुख आफ्नो अघिल्लो फिल्म ‘वेन हयारी मिट सेजल’ को गेटअपमा देखिएका थिए।

भारत र पाकिस्तानबीच भइरहेको च्याम्पियन्स ट्रफीको फाइनल विश्वभरीका ३२ करोड ३३ लाख व्यक्तिले हेरिरहेको अनुमान गरिएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.