पाकिस्तान भाग्यमानी, फखर ‘नो’ बलमा जोगिए (भिडियो)


भारतविरुद्ध फाइनलमा पाकिस्तानका प्रारम्भिक ब्याट्सम्यान फखर जमान भाग्यमानी सावित भएका छन्। जसप्रित बुमराहको दोस्रो ओभरको दोस्रो बलमा उनी विकेट पछाडि महेन्द्रसिंह धोनीबाट क्याच आउट भएका थिए। तर, भिडियो रिप्लेमा बुमराहको बल ‘नो’ भएपछि उनी आउट हुनबाट जोगिए। यतिबेला पाकिस्तान ८ रनको अवस्थामा थियो। फखर ३ रन बनाएर खेलिरहेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.