शिखरले हाने स्क्वायर लेग माथिबाट छक्का


शिखर धवनले च्याम्पियन्स ट्रफीअन्तर्गत बंगलादेशविरुद्धको दोस्रो सेमिफाइनल खेलमा भारतका लागि पहिलो छक्का प्रहार गरेका छन्। तास्किन अहमदले फ्याकेको सातौं ओभरको अन्तिम बलमा उनले स्क्वायर लेगको माथिबाट छक्का प्रहार गरेका थिए।

बंगलादेशको इनिङमा पनि एउटा मात्र छक्का भएको थियो। तमिम इक्बालले १६ दशमलव ३ बलमा हार्दिक पाण्ड्याको बलमा मिडविकेट माथिबाट छक्का प्रहार गरेका थिए।

बंगलादेशले जितका लागि दिएको २ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ८ ओभरमा ५६ रन बनाएको छ। भारतको कुनै विकेट खसेको छैन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.