वार्नर १८ रनमा आउट, बोल्टको शिकार (भिडियो)

AUS vs NZ - CT17 - Match 2


अस्ट्रेलियाले डेभिड वार्नरको रुपमा पहिलो विकेट गुमाएको छ। ट्रेन्ट बोल्टले ५ ओभरको पहिलो बलमा वार्नरलाई आफ्नो पहिलो शिकार बनाए। उनको बाउन्स बललाई राम्रोसँग खेल्न नसक्दा वार्नरले विकेटपछाडि लुक रोञ्चीलाई क्याच थमाएका थिए।

वार्नर १६ बलमा १८ रन बनाएर आउट भए। उनले १ छक्का र १ चौका प्रहार गरेका थिए। २ बल अगाडि उनले टिम साउथीलाई अप्परकट छक्का हानेका थिए। अस्ट्रेलियाले २७ रनको स्थितिमा पहिलो विकेट गुमाएको हो।

वर्षाका कारण अस्ट्रेलियाले ३३ ओभरमा २ सय ३५ रन बनाउने नयाँ चुनौती पाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.