कुसल परेरा ४७ रनमा रिटायर्ड हर्ट भएका छन्। उनी बीचमै घाइते देखिएका थिए। तर, भुवनेश्वर कुमारको ४३ औं ओभरको स्पेल सकेपछि उनी रिटायर्ड हुन पुगे। उनले ४४ बलमा ५ चौका प्रहार गरिसकेका थिए। उनी रिटायर्ड हुँदा श्रीलंकाले ४३ ओभरमा ३ विकेट गुमाउदै २ सय ७१ रन बनाइसकेको छ। श्रीलंकालाई जितका लागि ४२ बलमा ५१ रन आवश्यक छ। एञ्जेलो म्याथ्युस ३५ रन बनाएर खेलिरहेका छन्। उनको स्थानमा असेला गुनारत्ने क्रिजमा आएका छन्।