आठ ओभरमा भारतको पाँच चौका (भिडियो)


आइसिसी च्याम्पियनसिप अन्तर्गत समूह बीको आफ्नो दोस्रो खेलमा अहिले भारत र श्रीलंका खेलिरहेका छन्। टस जितेर ओभलमा पहिले ब्याटिङ गरेको भारतले ८ ओभर खेलिसक्दा बिना कुनै विकेट क्षती ३६ रनमा खेलिरहेको छ।

भारतका लागि रोहित शर्माले १८ बल खेल्दै १ चौकासहित १० रन र शिखर धवनले ३० बल खेल्दै ४ चौकासहित २६ रन बनाएका छन्।

श्रीलंकाका लासिथ मालिङ्गाले ४ ओभरमा १६ रन खर्चिए भने सुरङ्गा लकमलले ३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चिए। यता नुवन प्रदिपले १ ओभरमा ४ रन दिए।



Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.