भारतविरुद्ध बंगलादेश ८४ रनमा अलआउट

LONDON, UNITED KINGDOM - MAY 30: Members of the India side celebrate during the ICC Champions Trophy Warm-up match between India and Bangladesh at the Kia Oval on May 30, 2017 in London, England. (Photo by Harry Trump - IDI/IDI via Getty Images)


भारतविरुद्ध च्याम्पियन्स ट्रफीको अभ्यास खेलमा बंगलादेश ८४ रनमै अल आउट भएको छ। भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा बनाएको ३ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश २३ दशमलव ५ ओभरमा सय रनभन्दा पनि कम योगफलमा समेटियो।

भारतीय तीब्र बलर भुवनेश्वर कुमार र उमेश यादवको बलिङमा असहज महसुस गरेको बंगलादेशले २२ रनको अवस्थामा ६ विकेट गुमाइसकेको थियो। बंगलादेशले २ सय ४० रनले खेल गुमायो। भुवनेश्वरले ५ ओभरमा १३ रन मात्र खर्चेर ३ तथा उमेशले पनि १६ रन खर्चेर ३ विकेट लिए।

नियमित कप्तान मर्सफे मोर्टेजा र तमिम इक्बाल अनुपस्थित रहेको खेलमा सकिब अल हसनले कप्तानी गरेका थिए।

गत अक्टुवरदेखि भारतीय टिममा अनुपस्थित रहेका रोहित शर्मा मंगलबारको अभ्यास खेलमा उत्रिएका थिए। तर, उनी १ रनमै पवेलियन फर्किए। शिखर धवनले ६० रन बनाए। हार्दिक पाण्ड्याले मध्यक्रममा बिस्फोटक ब्याटिङ गर्दै ४ छक्का र ६ चौकाको सहयोगले ५४ बलमा अविजित ८० रन बनाए। दीनेश कार्तिकले रिटायर्ड हुनुअघि ९४ रन बनाए।

केदार जाधवले ३१ र रवीन्द्र जडेजाले ३२ रन बनाए। बंगलादेशका लागि मेहदी हसनले तल्लो क्रममा सर्वाधिक २४ रन बनाएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.