न्युजिल्यान्डका कप्तान केन विलियम्सन च्याम्पियन्स ट्रफीमा दोस्रो सतकबाट १३ रनले चुकेका छन्। इङ्ल्यान्डविरुद्ध हाल भइरहेको खेलमा उनी ९८ बलमा ८ चौकाको सहयोगले ८७ रन बनाउँदै आउट भए। उनलाई र्माक उडले विकेट पछाडि जस बटलरबाट क्याच आउट गराए।
उडको क्रस सिम बलले एक्कासी बाउन्स लिएपछि विलियम्सनले लय बुझन सकेनन्। उनी आउट भएपछि रोस टेलरसँग तेस्रो विकेटका लागि भएका ९५ रनको साझेदारी भंग भएको थियो। न्युजिल्यान्डले ३० दशमलव २ ओभरमा १ सय ५८ रनमा ३ विकेट गुमायो।