श्रीलंकाको नवौं विकेट गुम्यो, दक्षिण अफ्रिका जित नजिक


इङ्ल्याण्डमा जारी आइसिसी च्याम्पियन्स ट्रफी २०१७ को तेस्रो खेलमा दक्षिण अफ्रिका जित नजिक पुगेको छ।

दक्षिण अफ्रिकाको ३०० रनको लक्ष्य पछ्याएको श्रीलंका ३७औं ओभरमा नौ विकेट गुमाइसकेको छ।

३७औं ओभरको पाँचौ बलमा लाकमाल आउट भए। यस्तै ३८औं ओभरको पहिलो बलमा लासिथ मालिङ्गा आउट भएपछि खेल अफ्रिका तिर फर्किएको हो।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा अफ्रिकाका इमराम ताहिरले तीन तथा क्रिश मोरिसले २ विकेट लिए। बाँकी मोर्केल र राबादाले १-१ विकेट बाढे भने २ जनाश्रीलंकाली ब्याट्मेन रन आउट भए।

३८ औं ओभरको समाप्तिमा श्रीलंका ९ विकेट गुमाउँदै १९२ रनमा खेलिरहेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.