श्रीलंकाको छैठौं विकेट गुम्यो, ताहिरले लिए तीन विकेट

SL vs SA - CT17 - Match 3


दक्षिण अफ्रिकाको ३ सय रनको लक्ष्य पछ्याएको श्रीलंकाले २९औं ओभरमा छैठौं विकेट गुमाएको छ।

अफ्रिकाका लागि इमरामले तेस्रो विकेट लिने क्रममा २९औं ओभरको दोस्रो बलमा श्रीलंकाली ब्याट्मेन गुणरत्ने ४ रनको व्यक्तिगत स्कोरमा आउट भए।

यसअघि २५औं ओभरको दोस्रो बलमा श्रीलंकाका सर्वाधिक रन बनाउने खेलाडी उपुल थरंगा आउट भएका हुन्।  इमराम ताहिरको बलमा मिलरले क्याच लिएका हुन्।

यसअघि सत्रौं ओभरको दोस्रो बलमा श्रीलंकाका चण्डिमाल रन आउट हुन पुगे भने पाँचौ बलमा कापुगेदेरा एलबिडब्लुको धरापमा परे।

दक्षिण अफ्रिकी बलर इमराम ताहिरले विकेट लिएका हुन्।

यस्तै कुशल मेन्डिस व्यक्तिगत ११ रनको स्कोरमा आउट भए। मोरिसको बलमा उनी एबिडिभिलियर्सको बलमा क्याच आउट भए। १० बल खेलेका उनले २ चौका प्रहार गरेका थिए।

यसअघि श्रीलंकाले आठौं ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो। पहिलो विकेटका रूपमा निरोशन डिकवाला ४१ रन बनाएर आउट भए। उनी मोर्केलको बलमा पार्निएलबाट समातिए।

अहिले ताजा स्थितिमा श्रीलंका २९ ओभरमा ६ विकेट गुमाएर १५५ रनमा खेलिरहेको छ। यो लक्ष्य पछ्याउन श्रीलंकालाई गाह्रै देखिएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.