एकै ओभरमा श्रीलंकाको दुई विकेट गुम्यो (भिडियो)

SL vs SA - CT17 - Match 3


दक्षिण अफ्रिकाको ३ सय रनको लक्ष्य पछ्याएको श्रीलंकाले १७ ओभरमा दुई विकेट गुमाएको छ।

सत्रौं ओभरको दोस्रो बलमा श्रीलंकाका चण्डिमाल रन आउट हुन पुगे भने पाँचौ बलमा कापुगेदेरा एलबिडब्लुको धरापमा परे।

दक्षिण अफ्रिकी बलर इमराम ताहिरले विकेट लिएका हुन्।

यसअघि कुशल मेन्डिस व्यक्तिगत ११ रनको स्कोरमा आउट भए। मोरिसको बलमा उनी एबिडिभिलियर्सको बलमा क्याच आउट भए। १० बल खेलेका उनले २ चौका प्रहार गरेका थिए।

यसअघि श्रीलंकाले आठौं ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो। पहिलो विकेटका रूपमा निरोशन डिकवाला ४१ रन बनाएर आउट भए। उनी मोर्केलको बलमा पार्निएलबाट समातिए।

अहिले ताजा स्थितिमा श्रीलंका १८ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ११७ रनमा खेलिरहेको छ।

श्रीलंकाका उपुल थरांगा (४१) र कुशल परेर (०) मा खेलिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.