रोस टेलर अर्धसतकबाट ४ रनले चुके हेर्नुहोस् भिडियो


न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यान रोस टेलर आफ्नो ३७ अाै‌ एकदिवसीय अर्धसतकबाट चुकेका छन्। अस्ट्रेलियाविरुद्ध जारी च्याम्पियन्स ट्रफीअन्तर्गत पहिलो खेलमा उनी ४६ रन बनाउदै अर्धसतकको नजिक थिए। तर, हास्टिङ्सको बललाई उठाएर छक्का हान्ने चक्करमा कभरमा हेनरिकेसबाट समातिए। उनले ५८ बलमा ६ चौका प्रहार गरेका थिए।

उनको विकेट झरेपछि न्युजिल्यान्डले २ सय १६ रनमा तेस्रो विकेट गुमाएको छ। टेलर र कप्तान केन विलियम्सन मिलेर तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए। यी दुवै सतकीय साझेदारीबाट पनि १ रनले चुकेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.