रोञ्चीको क्याच पुनः म्याक्सवेलले लिए, २० ओभरमा १ सय ३४ रन


अस्ट्रेलिया र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण प्रभावित बन्न पुगेपछि ४६ ओभरमा छोट्याइएको छ। टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ९ ओभर ३ बलमा रन बनाउदा पानी परेको थियो।

यसपछि सुरु भएको खेलमा लुक रोञ्ची ६५ रन बनाउदै आउट भए। उनी हास्टिङसको बलमा पुनः प्वाइन्टमा ग्लेन म्याक्सवेलबाट समातिए। म्याक्सवेलले यसअघि पनि मार्टिन गुप्टिलको क्याच प्वाइन्टमै समातेका थिए। रोञ्चीले कप्तान केन विलियम्सनसँग मिलेर दोस्रो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। उनले ३ छक्का र ९ चौकाको सहयोगले ४३ बलमा ६५ रन बनाएका थिए।

न्युजिल्यान्डले २० ओभरको खेल समाप्त हुँदा २ किेटको क्षतिमा १ सय ३४ रन बनाएको छ।

हाल विलियम्सन २८ रन बनाएर क्रिजमा छन्। रोस टेलर १२ रनमा खेलिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.