बाबर आजम अर्धसतकबाट ४ रनले चुके, केदारले विकेट लिए


बाबर आजम भारतविरुद्ध च्याम्पियन्स ट्रफीको फाइनलमा अर्धसतक बनाउनबाट ४ रनले चुकेका छन्। उनी केदार जाधवको बलमा ४६ रनमा आउट भए। उनले ५२ बलमा ४ चौका प्रहार गरेका थिए। जाधवको बलमा बाबर लङ–अफमा युवराज सिंहबाट क्याच भए।

पाकिस्तानले चौथो विकेट ४२ दशमलव ३ ओभरमा २ सय ६७ रनमा गुमाएको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.