फखर जमान १ सय १४ रनमा आउट, पाकिस्तानको ३३ ओभरमा दुई सय रन पुरा (भिडियो)


फखर जमान १ सय ६ बलमा ३ छक्का र १२ चौकाको सहयोगले १ सय १४ रन बनाएर आउट भएका छन्। रवीचन्द्रन अश्विनले अघिल्लो ओभरमा छक्का प्रहार गरेर ३३ ओभरमा पाकिस्तानको योगफल २ सय पुर्याएका उनी त्यसपछि आउट भए। उनी हार्दिक पाण्ड्याको ३३ ओभरको पहिलो बलमा प्वाइन्टमा रवीन्द्र जडेजाबाट क्याच आउट भए।

उनले पहिलो विकेटका लागि अजहर अलीसँग मिलेर १ सय २८ रनको सतकीय र त्यसपछि बाबर आजमसँग मिलेर दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.