इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले बंगलादेशविरुद्धको खेलमा पहिलो सफलता दिलाएका छन्। उनले २८ रन बनाएर खेलिरहेका बंगाली ब्याट्सम्यान सोमैया सरकारलाई बेरस्ट्रोद्धारा क्याच गराए।
स्टोक्सको पहिलो ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने चक्करमा सरकार आउट भएका थिए। बंगलादेशले १२ ओभरमा ५६ रनको स्थितिमा पहिलो विकेट गुमाएको हो।
