जाधवले दोस्रो विकेट लिए, बंगलादेशको पाँच विकेट गुम्यो


बंगलादेशले भारतविरूद्ध आफ्नो पाँचौ विकेट गुमाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको बंगालदेशका लागि पाँचौ विकेट केदार जाधवले लिएका छन्।

उनले ३५औं ओभरको दोस्रो बलमा मुसाफिर रहिमलाई कप्तान कोहलीको हातबाट क्याच गराए।

८५ बल खेलेका उनले ४ चौकासहित ६१ रन बनाए। यो सँगै बंगालदेशले ३५ ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै १८३ रनमा खेलिरहेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.