भुवनेश्वरले लिए दोस्रो विकेट, जडेजाको उत्कृष्ट क्याच (भिडियो)


भारतका प्रारम्भिक ब्याट्सम्यान भुवनेश्वर कुमारले दोस्रो विकेट लिएका छन्। उनले सबिर रहमानलाई १९ रनमा क्याच आउट गराएका छन्। भुवनेश्वरको स्लो बलमा कडा प्रहार गरेका सबिर प्वाइन्टमा रवीन्द्र जडेजाबाट समातिए। उनको उत्कृष्ट क्याच जडेजाले लिएका थिए।
सबिर छैटौं ओभरको पाँचौ बलमा आउट भएका हुन्। उनको विकेटसँगै बंगलादेशले ३१ रनमा दुई विकेट गुमाएको छ। सबिर र तमिम इक्बालले दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरेका थिए। भुवनेश्वरले पहिलो विकेट पनि लिएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.