भारतीय कप्तान कोहली शून्यमा आउट


आइसिसी च्याम्पियनसिप अन्तर्गत समूह बीको आफ्नो दोस्रो खेलमा भारतले श्रीलंकाविरूद्ध दोस्रो विकेट गुमाएको छ। रोहित शर्माको ठाउँमा आएका कप्तान कोहली शून्य रनमा आउट भए। ५ बल खेलेका कोहलीले नुवान प्रदीपको बलमा आउट भए।  उनको ठाउँमा युवराज सिंह आएका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.