पाकिस्तानका वाहव रियाज च्याम्पिन्स ट्रफीको अहिलेसम्म्कै महंगा बलर


पाकिस्तानी बलर वाहव रियाज च्याम्पियन्स ट्रफीको अहिले सम्मकै सबैभन्दा महंगा बलर बन्न पुगेका छन्। भारतविरुद्ध आइतबार राति सम्पन्न समूह बी चरणको खेलमा उनले ८ दशमलव ४ ओभरमा ८७ रन खर्चेका थिए।

उनले १० दशमलव ८३ को औसतले रन खर्चेका थिए। च्याम्पियन्स ट्रफीमा यसअघि सबैभन्दा खराब बलिङ जिम्बाबेका टि पानयानगाराको नाममा थियो। उनले २००४ मा इङ्ल्यान्डविरुद्ध १० ओभरमा ८ दशमलव ६० को औसतले ८६ रन खर्चेका थिए।

पानयानगाराको १३ वर्ष पुरानो खराब बलिङलाई उछिनेका रियाजले ११ चौका र २ छक्का खर्चेका थिए। उनी आफ्नो ८ ओभर ४ बलको स्पेलमा घाइते भएपछि अस्पताल लगिएको थियो। उनको खुट्टाको नसा तन्किएको थियो। रियाज भारतविरुद्ध अन्तिमसम्म ब्याटिङ गर्न उत्रिएनन्। त्यसैले ९ विकेट झरेपछि पाकिस्तान १ सय २४ रनले पराजित भयो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.