दक्षिण अफ्रिकाले श्रीलंकालाई ९६ रनले हरायो

SL vs SA - CT17 - Match 3


इङ्ल्याण्डमा जारी आइसिसी च्याम्पियन्स ट्रफी २०१७ को तेस्रो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई फराकिलो अन्तरमा हराएको छ।

दक्षिण अफ्रिकाको ३०० रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४१.३ ओभरमा अलआउट हुँदै २०३ रनमा समेटियो।

उसका लागि उपुल थराङ्गाले सर्वाधिक ५७, कुशल परेराले ४४ तथा निरोशन दिकवालले ४१ रनको पारी खेले।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा अफ्रिकाका इमराम ताहिरले चार तथा क्रिश मोरिसले २ विकेट लिए। बाँकी मोर्केल र राबादाले १-१ विकेट बाढे भने २ जनाश्रीलंकाली ब्याट्मेन रन आउट भए।

यसअघि दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ३ सय रनको लक्ष्य दिएको थियो। अफ्रिकाले पहिलो इनिङमा ६ विकेटको क्षतिमा २ सय ९९ रन बनाएको थियो। अफ्रिकाका लागि हासिम अमलाले सर्वाधिक १ सय ३ रन बनाए। उनीबाहेक फाफ डु प्लेसिसले ७५ रन बनाएका थिए। यी दुवैले दोस्रो विकेटका लागि १ सय ४५ रनको सतकीय साझेदारी गरेपछि अफ्रिका सम्मानजनक योगफलतर्फ अग्रसर भएको थियो।

तर, ४२ ओभरमा २ सय ३२ रन बनाइसकेको अफ्रिकालाई श्रीलंकाले ३ सय रनको योगफल पुरा गर्न दिएन्। पुछारमा जेपी डुमिनीले अविजित ३८ रन बनाए। १९ महिनापछि एकदिवसीय टिममा फर्किएका लासिथ मालिङ्गाले २ वटा क्याच छोडे। उनले आफ्नै बलमा पनि एउटा रिर्टन क्याच छोडेका थिए।

श्रीलंकाका सबैभन्दा सफल बलर नुवान प्रदीपले २ विकेट लिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.