अजहर र फखरको भारतविरुद्ध पहिलो सतकीय कीर्तिमान


अजहर अली र फखर जमान भारतविरुद्ध आइसिसी प्रतियोगितामा सतकीय साझेदारी गर्ने पहिलो पाकिस्तानी प्रारम्भिक जोडी बन्न पुगेका छन्। च्याम्पियन्स ट्रफीअन्तर्गत फाइनल खेलिरहेका यी दुई टोलीबीचको खेलमा अजहर र फखरले १८ ओभरमा एक सय रनको सतकीय साझेदारी पुरा गरेका हुन्।

यसअघि सईद अनवर र आमिर सोहेलको प्रारम्भिक जोडीले सन् १९९६ को विश्व कपमा भारतविरुद्ध बेङ्लोरमा सर्वाधिक ८४ रनको साझेदारी गरेका थिए।

ओभलमा हाल भइरहेको च्याम्पियन्स ट्रफीको फाइनलमा भारतले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो। अजहर हाल ४६ र फखर ४१ रन बनाएर खेलिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.