पाकिस्तानले दक्षिण अफ्रिकालाई १९ रनले हरायो (हाइलाइट्स हेर्नुहोस्)


च्याम्पियन्स ट्रफि क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई १९ रनले हराएको छ। वर्षाले प्रभावित खेलमा डकवर्थ लुइस नियम अनुसार पाकिस्तान १९ रनले विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डेभिड मिलरले १ सय ४ बलमा अविजित ७५ रन बनाए । यस्तै क्वेन्टन डिकोकले ४९ बलमा ३३ रन, क्रिस मोरिसले ४५ बलमा २८ रन साथै कागिसो रबाडाले २३ बलमा २६ रन बनाए । पाकिस्तानका हसन अलिले तीन, जुनेद खान र इमाद वासिमले दुई दुई साथै मोहम्मद हफिजले एक विकेट लिए ।

जवाफी ब्याटिङमा आएको पाकिस्तानले पानी पर्नुअघि २७ ओभरमा १ सय १९ रन बनाएको थियो। पाकिस्तानका फखर जामनले ३१ रन, बाबर आजमले ३१ रन, मोहम्मद अफिजले २६ रन साथै सोयब मल्लिकले १६ रन बनाएका थिए। दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले तीन विकेट लिए।

वर्षाले खेल हुन नसकेपछि डकवर्थ लुइस नियम अनुसार पाकिस्तानले नयाँ पाएको थियो उक्त लक्ष्य भेट्टाएको पाकिस्तान विजयी हुँदै महत्वपूर्ण २ अंक बटुलेको छ। हेर्नुहोस् भिडियो हाइलाइट्स

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.