इंग्ल्याण्डविरूद्ध बंगलादेश हेर्नुहोस् म्याच हाइलाइट्स


च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक इंग्ल्याण्डले विजयी सुरूवात गरेको छ। लण्डनको द ओभल मैदानमा बिहिबार राति भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले हराउँदै विजयी सुरूआत गरेको हो।

पहिले ब्याटिङ गर्दै बंगलादेशले दिएको ३ सय ६ रनको लक्ष्य घरेलु टोलीले १६ बल खेल्न बाँकी छँदा पुरा गर्‍यो। इंग्ल्यान्डको जितमा जो रुटले एकदिवसीय क्रिकेटमा आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर बनाउने क्रममा अविजित १ सय ३३ रनको इनिङ खेले । यसैगरी अलेक्स हेल्सले ९५ रन तथा ईओन मोर्गानले अविजित ७५ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन जोडेको थियो। बंगलादेशका लागि तमिम इकबालले १ सय २८ रन जोडेका थिए ।

हेर्नुहोस् पहिलो म्याचको हाइलाइट्स भिडियोमा

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.