पाकिस्तान भारत खेलमा तेस्रो पल्ट पानी पर्यो, खेल अवरुद्ध


भारत र पाकिस्तानबीचको खेल एकपल्ट फेरि वर्षाले प्रभावित बन्न पुगेको छ। डकवर्थ एन्ड लुइस नियमको आधारमा ४८ ओभरमा ३ सय २४ रनको लक्ष्य पाएको पाकिस्तानले ४ दशमलव ५ ओभरमा ब्याटिङ गर्दा पानी पर्यो। पाकिस्तानले यतिबेला कुनै विकेट नगुमाइ २२ रनमा खेलिरहेको छ।

यसअघि भारतको इनिङमा दुई पल्ट पानी परेपछि खेललाई ४८ ओभरमा झारिएको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.