श्रीलंका १४ ओभरमा १ सय रन पुरा गर्‍यो

SL vs SA - CT17 - Match 3


दक्षिण अफ्रिकाको ३ सय रनको लक्ष्य पछ्याएको श्रीलंकाले १४ ओभरमा सय रन पुरा गरेको छ।

दुई  विकेट गुमाइसकेको श्रीलंकाका लागि दिनेश चण्डिमाल र उपुल थरंगाले क्रिज सम्हालेका छन्।

यसअघि कुशल मेन्डिस व्यक्तिगत ११ रनको स्कोरमा आउट भए। मोरिसको बलमा उनी एबिडिभिलियर्सको बलमा क्याच आउट भए। १० बल खेलेका उनले २ चौका प्रहार गरेका थिए।

यसअघि श्रीलंकाले आठौं ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो। पहिलो विकेटका रूपमा निरोशन डिकवाला ४१ रन बनाएर आउट भए। उनी मोर्केलको बलमा पार्निएलबाट समातिए।

अहिले ताजा स्थितिमा श्रीलंका १३ औभर खेल्दै २ विकेट गुमाएर ९२ रनमा खेलिरहेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.