अमलाले तोडे विराट कोहलीको अर्को कीर्तिमान


दक्षिण अफ्रिकी ब्याट्सम्यान हासिम अमलाले भारतीय कप्तान विराट कोहलीको अर्को कीर्तिमान भंग गरेका छन्। उनले सबैभन्दा कम इनिङमा २५ सतक पुरा गर्ने कीर्तिमान पुरा गरेका हुन्।

अमलाले १ सय ५१ इनिङमा एकदिवसीयमा २५ सतक पुरा गरेका हुन्। यसअघि विराट कोहलीले १ सय ६२ इनिङमा २५ सतक पुरा गरेका हुन्। उनी एकदिवसीयमा २५ सतक बनाउने पहिलो दक्षिण अफ्रिकी ब्याटसम्यान पनि बन्न पुगेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.