श्रीलंकालाई जितका लागि ३ सय रनको चुनौती (हाइलाइट्सहित)


दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीअन्तर्गत श्रीलंकालाई ३ सय रनको लक्ष्य दिएको छ। अफ्रिकाले पहिलो इनिङमा ६ विकेटको क्षतिमा २ सय ९९ रन बनायो। अफ्रिकाका लागि हासिम अमलाले सर्वाधिक १ सय ३ रन बनाए। उनीबाहेक फाफ डु प्लेसिसले ७५ रन बनाएका थिए। यी दुवैले दोस्रो विकेटका लागि १ सय ४५ रनको सतकीय साझेदारी गरेपछि अफ्रिका सम्मानजनक योगफलतर्फ अग्रसर भएको थियो।

तर, ४२ ओभरमा २ सय ३२ रन बनाइसकेको अफ्रिकालाई श्रीलंकाले ३ सय रनको योगफल पुरा गर्न दिएन्। पुछारमा जेपी डुमिनीले अविजित ३८ रन बनाए। १९ महिनापछि एकदिवसीय टिममा फर्किएका लासिथ मालिङ्गाले २ वटा क्याच छोडे। उनले आफ्नै बलमा पनि एउटा रिर्टन क्याच छोडेका थिए।

श्रीलंकाका सबैभन्दा सफल बलर नुवान प्रदीपले २ विकेट लिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.