अस्ट्रेलियालाई नयाँ लक्ष्य, ३३ ओभरमा २ सय ३५ रन बनाउनु पर्ने


अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध च्याम्पियन्स ट्रफीको खेल पुनः बर्षाले प्रभावित बन्न पुगेको छ। वर्षाका कारण दोस्रो इनिङको खेल पनि प्रभावित बन्न पुगेपछि अस्ट्रेलियाले ३३ ओभरमा २ सय ३५ रनको नयाँ लक्ष्य पाएको छ। न्युजिल्यान्डका ३ बलरले सात ओभर बलिङ गर्न पाउने छन्। दुई बलरले ६ ओभर मात्र गर्नु पर्नेेछ।

यसअघि न्युजिल्यान्डको ब्याटिङमा पनि करिब डेढ घण्टा खेल प्रभावित बनेको थियो। त्यतिबेला ५० ओभरको खेललाई छोट्याएर ४६ मा झारिएको थियो। जसमा न्युजिल्यान्डले सबै विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो।

दोस्रो इनिङभन्दा अगाडि परेको पानीका कारण १३ ओभरको खेल पुनः छोट्याइएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.