हेजलउडले बनाए सर्वाधिक विकेट लिने दोस्रो बलरको कीर्तिमान


अस्ट्रेलियाका जस हेजलउड च्याम्पियन्स ट्रफीको एउटै खेलमा सर्वाधिक विकेट लिने दोस्रो बलर बन्न पुगेका छन्। न्युजिल्यान्डविरुद्ध एडबस्टनमा जारी पहिलो खेलमा उनले ९ ओभरमा ५२ रन खर्चेर ६ विकेट लिए। च्याम्पियन्स ट्रफीमा यसअघि श्रीलंकाका महरुफले सन् २००६ मा वेष्ट इन्डिजविरुद्ध १४ रन खर्चेर ६ विकेट लिएका थिए।

हेजलउडले न्युजिल्यान्डका प्ररम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिललाई २६, निल ब्रुमलाई १४, नेशहामलाई ६, सान्टनरलाई ८, मिल्नेलाई ११ र ट्रेन्ट बोल्टलाई ० रनमा आउट गरेका थिए। उनको बलमा तीन वटा क्याच ग्लेन म्याक्सवेलले गरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.