भारतको टिम उही, पाकिस्तानमा मोहम्मद आमिर फर्किए


भारतले पाकिस्तानविरुद्धको फाइनल खेलका लागि पुरानै टोलीलाई मैदानमा उतारेको छ। पाकिस्तानले भने सेमिफाइनलमा अनुपस्थित मोहम्मद आमिरलाई टोलीमा बोलाएको छ। ढाडको समस्याका कारण आमिर इङ्ल्यान्डविरुद्धको सेमिफाइनलमा अनुपस्थित थिए। उनको स्थानमा रुमान रुइसलाई पाकिस्तानले उतारेको थियो। उनलाई फाइनलमा ड्रप गरेको छ।

भारतीय टिमः
विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, युवराज सिंह, महेन्द्रसिंह धोनी, केदार जाधव, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, रवीचन्द्रन अश्विन, भुवनेश्वर कुमार, जसप्रित बुमराह

पाकिस्तानी टिमः
अजहर अली, फखर जमान, बाबर आजम, मोहम्मद हाफिज, सोहेब मलिक, सरफराज अहमद (कप्तान–विकेटकिपर), इमाद वासिम, मोहम्मद आमिर, सदाब खान, हसन अली, जुनिद खान

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.