ध्यान अन्यत्र बाँडिन्छ भन्दै विराट सोशल मिडियाबाट टाढा


पाकिस्तानविरुद्ध च्याम्पियन्स ट्रफीको फाइनल अगाडि भारतीय कप्तान विराट कोहली सोशल मिडियाबाट टाढा देखिएका छन्।

खेलभन्दा अगाडि अनावश्यक दबाबलाई कम गर्न उनले सोशल मिडियाबाट टाढा बस्ने निर्णय गरेका हुन्।

बेलायती समाचार संस्था बिबिसीका अनुसार सोशल मिडियामा हुने नकारात्मक टिप्पणीबाट आफ्नो ध्यान नबाटियोस भन्नका लागि उनले यो तरिका निकालेका हुन्। उनी मात्र होइन, भारतीय टोलीका अन्य खेलाडी पनि सोशल मिडियाबाट टाढा रहेको बताइएको छ।

विराट सोशल मिडियामा निकै लोकप्रिय छन्। कोहलीको सोशल मिडियामा कूल ६ करोड ५६ लाख फलोअर्स छन्। ‘सोशल मिडियाबाट टाढा भन्ने कुरा हास्यास्पद लाग्न सक्छ। तर, सत्य हो, आफ्नो लक्ष्यमा केन्द्रित हुन, यसबाट टाढा बस्नु जरुरी छ,’ उनले बिबिसीसँग कुरा गर्दै भनेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.