भारत–पाक फाइनल ३२ करोड ४० लाख व्यक्तिले हेर्ने


भारत र पाकिस्तानबीच आज हुने फाइनल खेलमा दुवै तर्फका खेलाडी आफ्नो खेलमा सुधार गर्दै नयाँ कीर्तिमान बनाउने दाउँमा हुनेछन्। आजको खेलमा खेलाडी मात्र होइन, दुवै देशका दर्शकहरु नयाँ कीर्तिमानतर्फ पनि अग्रसर छन्।

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) का अनुसार आजको खेल क्रिकेट इतिहासमै सबैभन्दा बढि व्यक्तिले हेर्ने तेस्रो ठूलो खेल हुनेछ। आइसिसीको अनुमान छ, आजको खेल विश्वभरी छरिएर रहेका करिब ३२ करोड ४० लाख व्यक्तिले हेर्नेछन्।

आइसिसीले भने जस्तै आजको खेल यति ठूलो संख्यामा हेरिएको खण्डमा यो क्रिकेट इतिहासकै तेस्रो ठूलो प्रतियोगिता हुनेछ, दर्शकको हिसाबले। अहिलेसम्म सबैभन्दा धेरै दर्शकले हेरेको खेल २०११ को विश्व कप फाइनल हो। जसलाई ५५ करोड ८० लाख व्यक्तिले हेरेका थिए। दोस्रो खेल भारत र पाकिस्तानबीच त्यही विश्व कपको सेमिफाइनल खेल थियो। यो खेल ४९ करोड ५० लाख व्यक्तिले हेरेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.