ऋषभ पन्त र कुलदीप यादव भारतीय टिममा


भारतका युवा विकेटकिपर ऋषभ पन्त र चाइनामेन बलर कुलदीप यादव वेष्ट इन्डिज भ्रमणका लागि भारतीय टिममा समावेश भएका छन्। भारतीय क्रिकेट बोर्डले विहिबार सार्वजनिक गरेको नाममा अनिल कुम्बले प्रशिक्षकमा यथावत छन्। १६ सदस्यीय टिममा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा र तीब्र बलर जसप्रित बुमराहले स्थान गुमाएका छन्। यस्तै मध्यक्रमका ब्याट्सम्यान मनिष पाण्डेलाई पनि टिमबाट फिर्ता बोलाइएको छ।

यी तीन खेलाडीलाई बाहिर राख्ने कारण खुलाइएको छैन्। वेष्ट इन्डिज भ्रमणमा भारतले ५ एकदिवसीय र एक टि–२० खेल्ने कार्यक्रम छ। पहिलो एकदिवसीय २३ जुनमा क्विन्स पार्क, ओवलमा हुनेछ। च्याम्पियन्स ट्रफी समाप्त हुने वित्तिकै भारतीय टोली सिधै वेष्ट इन्डिज जाँदैछ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.