रोहित शर्माको भारतीय छनोट समितिलाई दह्रो जवाफ


भारतको वेष्ट इन्डिज भ्रमणमा टिमबाट बाहिरिएका रोहित शर्माले छनोट समितिलाई दह्रो जवाफ दिएका छन्। वेष्ट इन्डिज भ्रमणका लागि आफ्नो नाम हटाएको २४ घण्टा नबित्दै उनले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा बंगलादेशविरुद्ध १ सय २३ रनको अविजित सतकीय इनिङ खेलेर छनोट समितिलाई मिठो जवाफ दिए।

रोहितलाई टिमबाट बाहिर राख्ने कारण भारतीय छनोट समितिले दिन सकेको छ्रैन्। उनले च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शन गरेका छन्। रोहितले ४ खेलमा ९१, ७८, १२ र १ सय २३ रन बनाएका छन्। उनले यस खेलमा तीन पल्ट सतकीय साझेदारी, जसमा प्रारम्भिक ब्याटेसम्यान शिखर धवनसँग दुई पल्ट र कप्तान विराट कोहलीसँग दोस्रो विकेटका लागि एउटा सतकीय साझेदारी गरेका छन्।

बंगलादेशविरुद्ध विहिबार सेमिफाइनल खेल अगाडि उनलाई टिमबाट बाहिर राखिएको सूचना आएको थियो। लगत्तै उनले मैदानमा गएर सतकीय इनिङ खेल्दै आफूलाई बाहिर राख्ने छनोट समितिको निर्णय माथि प्रश्न उठाउन सफल भए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.