रोहित शर्माको सतक पुरा (ब्याटिङ हाइलाइट्स)


रोहित शर्माले च्याम्पियन्स ट्रफीअन्तर्गत बंगलादेशविरुद्ध सतक पुरा गरेका छन्। रोहितको प्रतियोगितामा यो पहिलो सतक हो।

उनले मुस्ताफिजुर रहमानको ३२ दशमलव ६ ओभरमा छक्का प्रहार गर्दै सतक पुरा गरे। उनको एकदिवसीयमा ११ औं सतक हो। उनले दोस्रो विकेटका लागि कप्तान विराट कोहलीसँग मिलेर १ सय २५ रनको साझेदारी गरेका छन्।

भारतले ३३ ओभरमा १ विकेट गुमाएर २ सय १२ रन बनाएको छ। जितका लागि भारतलाई १७ ओभरमा ५३ रन आवश्यक छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.