जडेजा च्याम्पियन्स ट्रफीमा सर्वाधिक विकेट लिने भारतीय बलर

LONDON, ENGLAND - MAY 28 : Ravindra Jadeja of India celebrates after dismissing Luke Ronchi of New Zealand during the ICC Champions Trophy Warm-up match between India and New Zealand at the Kia Oval cricket ground on May 28, 2017 in London, England. (Photo by Philip Brown/Getty Images)


रवीन्द्र जडेजा च्याम्पियन्स ट्रफीमा सर्वाधिक विकेट लिने भारतीय बलर बन्न पुगेका छन्। उनले बंगलादेशविरुद्ध १ विकेट लिँदै च्याम्पियन्स ट्रफीमा सर्वाधिक विकेट लिने बलर बनेका जाहिर खानलाई उछिने।

जाहिरले च्याम्पियन्स ट्रफीको ९ खेलमा १५ विकेट लिएका थिए। जडेजाले पनि ९ खेलमा १६ विकेट पुरा गरेका छन्। तेस्रो नम्बरमा हरभजन सिंह छन्। हरभजनले १३ खेलमा १४ विकेट लिएका थिए। चौथो नम्बरमा सचिन तेन्दुलकर रहेका छन्। सचिनले १६ खेलमा १४ विकेट लिएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.