पाकिस्तान ऐतिहासिक फाइनल नजिक


पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनल प्रवेशको ऐतिहासिक सफलता नजिक पुगेको छ। हालसम्म च्याम्पियन्स ट्रफीको फाइनल पुग्ने नसकेको सन् १९९२ को विश्व विजेता टिम इङ्ल्यान्डविरुद्ध सेमिफाइनल जितभन्दा ४९ रनले मात्र पछाडि छ।

२९ ओभरको खेल समाप्त हुँदा पाकिस्तानको १ विकेट मात्र झरेको छ र उसले २२ ओभर अझै खेल्न बाँकी छ। फकहर जमान ५७ रन बनाएर आउट भएका छन्। अजहर अली ६८ रनमा अविजित छन्। बाबर आजम २४ रन बनाएर खेलिरहेका छन्।

इङ्ल्यान्डले पहिलो इनिङमा सबै विकेट गुमाएर बनाएको २ सय ११ रनको प्रतिउत्तरमा २९ ओभरमा पाकिस्तानले १ सय ६३ रन बनाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.