पहिलो सेमिफाइनलमा इंङ्ल्याण्डमाथि पाकिस्तानले टस जित्यो


आइसिसी च्याम्पियन ट्रफिको पहिलो सेमिफाइनलमा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। सोफिया गार्डेनमा घरेलु टोली इङ्ल्याणबिरूद्ध टस जितेको पाकिस्तानले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो।

पाकिस्तानले सोफिया गार्डेनमा केही दिन अन्तरमा खेल्न लागेको यो दोस्रो महत्त्वपूर्ण खेल हो। यसअघि सोमबार  पाकिस्तानले श्रीलंकामाथि जित निकालेको थियो । यो जितसँगै पाकिस्तानले अन्तिम चारको यात्रा गरेको हो।

यसअघि अघिल्लो वर्ष मात्र पाकिस्तानले इङल्यान्डलाई यसै  मैदानमा ४ विकेटले हराएको थियो।

पछिल्लो वान डे विश्वकपयता लगातार सबैभन्दा राम्रो खेलिरहेको इङल्यान्ड सन् २०१५ को विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो। इयान मोर्गनको नेतृत्वमा रहेको इङल्यान्डले यसपल्टको च्याम्पियन्स ट्रफीमा उत्कृष्ट खेलिरहेको छ। अहिलेसम्म खेलेका सबै तीन खेल जितेको घरेलु टोलीले आज पाकिस्तानलाई राम्रै टक्कर दिने अनुमान गर्न सकिन्छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.