श्रीलंकाविरुद्धको खेलमा पाकिस्तानी खेलाडी दण्डित


श्रीलंकाविरुद्ध च्याम्पियन्स ट्रफीको अन्तिम समूहको खेलमा ढिलो बलिङ गरेको कारण कप्तान सरफराज अहमदको पारिश्रमिकबाट २० प्रतिशत रकम कट्टा हुने भएको छ। पाकिस्तानी बलरहरुले तोकिएको समयभन्दा ढिलो बलिङ गरेका कारण कप्तान सरफराजलाई दण्डित गरिएको अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले बताएको छ। अन्य खेलाडीको हकमा भने पारिश्रमिकको १० प्रतिशत रकम कट्टा हुनेछ।

पाकिस्तानले समूह ‘बी’ अन्तर्गत सोमबार राती श्रीलंकासँग निर्णायक खेल खेलेको थियो। जसमा श्रीलंकालाई ३ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्न सफल भयो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.