विराटको दोस्रो अर्धसतक


भारतीय कप्तान विराट कोहलीले च्याम्पियन्स ट्रफीमा दोस्रो अर्धसतक पुरा गरेका छन्। पाकिस्तानविरुद्ध समूह चरणको पहिलो खेलमा अर्धसतक पुरा गरेका विराटले दक्षिण अफ्रिकाविरुद्ध हाल चालु खेलमा पनि ५० रन पुरा गरे।

उनले ७१ बलमा ५ चौका र १ छक्काको सहयोगले अर्धसतक पुरा गरेका हुन्। २३ रनमा रोहित शर्मालाई गुमाएको भारतका लागि उनले शिखर धवनसँग मिलेर १ सय १९ रनको साझेदारी गरिसकेका छन्। भारतले २८ ओभरमा १ विकेट मात्र गुमाएर १ सय ४२ रन बनाइसकेको छ। भारतलाई जितका लागि अफ्रिकाले १ सय ९२ रनको सहज लक्ष्य दिएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.