धवन च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान


भारतका प्रारम्भिक ब्याट्सम्यान शिखर धवन च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्न पुगेका छन्। उनले दक्षिण अफ्रिकाविरुद्ध अर्धसतक पुरा गर्दै आफूलाई सर्वाधिक रनकर्ताको रुपमा उभ्याएका छन्।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन यसअघि ३ खेलमा २ सय ४४ रन बनाएर सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए। धवनले क्रिस मोरिसको बलमा चौका प्रहार गर्दै विलियम्सनलाई पछाडि छोडे। उनले अफ्रिकाविरुद्ध ५३ रन बनाएपछि यस प्रतियोगिताको ३ खेलमा २ सय ४५ रन पुरा गरेका थिए।
धवन आइसिसीको आधिकारीक प्रतियोगितामा हजार रन पुरा गर्ने ब्याट्सम्यानमा सर्वाधिक औसतले रन बनाउने खेलाडी पनि बन्न पुगेका छन्। धवनले आइससीको आधिकारीक प्रतियोगिताको १६ इनिङमा ७३ दशमलव ७८ को औसतले एक हजार ३३ रन बनाएका छन्। उनले यसअवधिमा ५ सतक पुरा गरेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.