भुवनेश्वर कुमार ह्याट्रिकबाट चुके


भुवनेश्वर कुमारले लगातार दुई बलमा २ विकेट लिएका छन्। ४२ ओभरपछि पुनः बलिङ गर्न फर्किएका भारतीय सिमबलर भुवनेश्वरले ४२ ओभरको दोस्रो बलमा रबादालाई विकेट पछाडि महेन्द्रसिंह धोनीबाट क्याच आउट गराएका थिए। उनले तेस्रो बलमा मोर्ने मोर्केललाई गोल्डेन डक गरे। मोर्केलको क्याच पहिलो स्लिपमा भारतीय कप्तान विराट कोहलीले समातेका थिए। ह्याट्रिक नजिकै रहेका भुवनेश्वरको चौथो बलमा भने इमरान ताहिरले एक रन लिए।
अफ्रिकाले ४३ ओभरमा ९ विकेट गुमाउदै १ सय ८९ रन बनाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.