अफ्रिका संकटमा, ३६.२ ओभरमा १६७–६


भारतविरुद्ध समूह बीको अन्तिम तथा निर्णायक खेलमा दक्षिण अफ्रिका संकटमा देखिएको छ। अफ्रिकाले ३६ दशमलव २ ओभरमा ६ महत्वपूर्ण खेलाडी गुमाइसकेको छ। र, उसले १ सय ६७ रन मात्र बनाएको छ।

५३ रनको व्यक्तिगत स्कोरमा क्वान्टन डि कोकलाई २४ दशमलव २ ओभरमा गुमाएपछि अफ्रिकाको संकटको सुरुवात भएको हो। अफ्रिकाले १२ ओभरको बीचमा थप ४ विकेट गुमाइसकेको छ। कप्तान एबी डीभिलियर्स १६ र डेभिड मिलर १ रनमा रन आउट भएका छन्। यसबीचमा सबैभन्दा ठूलो विकेट हार्दिक पाण्ड्याले ३६ रन बनाएर खेलिरहेका फाफ डु प्लेसिसलाई बोल्ड गरेका छन्। क्रिस मोरिस ४ रन बनाएर जस्प्रित बुमराहको बलमा भुवनेश्वर कुमारबाट क्याच आउट भएका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.