५० रन बनाएका डि कोक जडेजाको बलमा बोल्ड


भारतविरुद्ध ७४ दशमलव १७ को औसतले ९ इनिङमा ५ सतक बनाएका क्वान्टन डि कोक च्याम्पियन्स ट्रफीको महत्वपूर्ण खेलमा अर्धसतक पुरा गर्दै आउट भएका छन्। उनलाई रवीन्द्र जडेजाले ५३ रनमा बोल्ड गरे। यसअघि उनले ६८ बलमा ४ चौकाको सहयोगले हार्दिक पाण्ड्यालाई डिप मिडविकेटमा एक रन हान्दै आफ्नो अर्धसतक पुरा गरेका थिए।

उनको एकदिवसीयमा १४ अर्धसतक थियो। डि कोकले एकदिवसीयमा ३५ सय रन पनि पुरा गरेका थिए। अफ्रिकाले २४ दशमलव २ ओभरमा १ सय १६ रनमा दोस्रो विकेट गुमाएको हो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.