टस जितेर भारतले बोलायो अफ्रिकालाई ब्याटिङ गर्न, (हेर्नुस खेलाडीको सूची)

LONDON, UNITED KINGDOM - MAY 30: Members of the India side celebrate during the ICC Champions Trophy Warm-up match between India and Bangladesh at the Kia Oval on May 30, 2017 in London, England. (Photo by Harry Trump - IDI/IDI via Getty Images)


भारतले दक्षिण अफ्रिकाविरुद्ध च्याम्पियन्स ट्रफीको निर्णायक समूह चरणको खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। कप्तान कोहलीले टस जितेर अफ्रिकी टोलीलाई ब्याटिङको निम्तो दिए।

आजको खेलमा भारतीय टिममा रवीचन्द्रन अश्विन समावेश छन्। भारतले रोहित शर्मा, शिखर धवन, विराट कोहली, युवराज सिंह, महेन्द्रसिंह धोनी, हार्दिक पाण्ड्या, केदार जाधव, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, रवीचन्द्रन अश्विन, जस्प्रित बुमराहलाई उतारेको छ।

यस्तै, अफ्रिकी टिममा क्वान्टन डि कोक, हासिम अमला, फाफ डु प्लेसिस, एबी डीभिलियर्स,डेभिड मिलर, जेपी डुमिनी, क्रिस मोरिस, रबादा, मोर्ने मोर्केल, इमरान ताहिर, आन्दिल फेलख्लुकवाओ समावेश छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.