बेन स्टोक्सको सतक, इङ्ल्यान्ड जिततर्फ उन्मुख


बेन स्टोक्सले एकदिवसीय क्रिकेटमा आफ्नो तेस्रो सतक पुरा गरेका छन्। अस्ट्रेलियाविरुद्ध च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा १ सय ८ बलमा चौका लगाउदै उनले सतक पुरा गरेका हुन्। यस वर्ष उनको दोस्रो सतक हो। उनले दक्षिण अफ्रिकाविरुद्ध ३ खेल अगाडि सतक बनाएको थिए। उनको एकदिवसीयमा उच्च योगफल पनि हो।

उनको उत्कृष्ट इनिङका कारण अस्ट्रेलियाविरुद्धको खेलमा इङ्ल्यान्डले पकड बनाएको छ। इङ्ल्यान्ड४० दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा २ सय ४० रन बनाएर बलियो अवस्थामा छ। उसलाई जितका लागि ५८ बलमा ३८ रन आवश्यक छ। उनले सतक बनाएपछि खेल वर्षाको कारण अवरुद्ध भएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.